November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

झापामा ब्राउन सुगरसहित दुईजना पक्राउ

दमक । झापामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका वडा नं.९ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नं.१५ वस्ने २१ बर्षीय सन्देश राई रहेका छन् ।

मंगलबार दिनको ३ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।