November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

झापामा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

दमक । झापामा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका हुन् ।

आइतबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement