काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर घूस रकमसहित पक्राउ परेका छन् । विभागका इन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार घूस रकमसमेत पक्राउ परेका हुन् ।
खानेपानी जार तथा मिनरल वाटर भरी बिक्री वितरणका लागि अनुज्ञापत्र लिन पुगेका सेवाग्राहीको काम समयमा नगरी दिने, दु:ख दिने र काम गरिदिएबापत १ लाख ५० हजार रुपैयाँ घूस रकम लिएको पुष्टि भएपछि इन्जिनियर ढुंगेललाई नियन्त्रण लिएको अख्तिायरले जनाएको छ ।
ढुंगेललाई विभागबाट बाहिरिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।
झापा दपक नगरपालिका-१ भाङ्वारी घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट आएका ढुंगेल आठौं तहका इन्जिनियर हुन् ।