November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गुल्मीमा आफ्नै घरभित्र एक महिलाको शव फेला

गुल्मी । गुल्मीको मुसिकोटमा एक महिलाको शव भेटिएको छ । नगरपालिका–७ वामीकी५७ वर्षीया गंगादेवी शेरचनको शव फेला उनकै घरमा शव भेटिएको हो।

प्रहरीका अनुसार शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । उनको घरको चेनगेट बन्द अवस्थामा छ । तालिम प्राप्त कुकुर ल्याएर घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

आज बिहान शेरचन घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शेरचनले विगत ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् । उनको शव चेनगेट नजिकै रहेको छिमेकीले बताएका छन् ।

Advertisement

गंगादेवीकी आफन्त सुनील शेरचेनले घटना संकास्पद भएकाले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका छन् ।