काठमाडौं । जलेश्वरको भूमिसुधार तथा मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा पाँचजना पक्राउ परेका छन् । छिटो काम गराइदिने भन्दै सेवाग्राहीलाई प्रलोभन देखाइ रकम बार्गेनिङ गरिरहेको उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका ९ का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका २ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका १ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका ४ का ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका १० का ३८ वर्षीय अमित कुमार मल्लिक छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनीहरुमाथि सार्वजनिक शान्ति विरूद्धको कसूर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।