November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाली केटी चाहिन्छ ? भन्ने म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने ८ जना पक्राउ

काठमाडौं । अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका छन् ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले दिएका उजुरीको आधारमा उनीहरुलाई पक्राउ परेका हुन् । ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरी गरेपछि अनुसन्धानका क्रममा उनीहरुले संगठित रुपमा नै ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले ‘नेपाली केटी चाहिन्छ ?’ भन्दै मोबाइलमा म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गर्ने गरेको पाइएको छ । उनीहरुले आफैंले एप बनाएर २० जना भन्दा धेरैलाई ठगेको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement