November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सालनालसहितको नवजात शिशु जंगलभित्र मृत अवस्थामा फेला

काठमाडौं । दाङको तुलसीपुरमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक जंगलभित्र सालनालसहितको नवजात शिशु फेला परेको हो ।

प्रहरीका अनुसार आइतबार दिउँसो जंगलमा दाउरा खोज्न गएकी एक महिलाले नवजात शिशु फालेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । दुई तीन दिन अगाडि कसैले जन्मनासाथ बच्चा फालेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान छ ।

जंगलमा मृत फेला परेको शिशुको शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

Advertisement