November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर आरइटी समुहबाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बैङ्किङ कसुर मुद्दामा सम्मानित उच्च अदालत मोरङ बिराटनगरको असार १७ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ४७ लाख रुपैया जरिवाना बेरुजु रहि फरार रहेका पौवादुम्बा गाउँपालिका–५ भोजपुर घर भई ईटहरी उप–महानगरपालिका–१६ सुनसरी बस्दै आएका ४१ बर्षीय भुवन बहादुर कटुवाललाई पक्राउ गरेको हो ।

कटुवाललाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका कटुवाललाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।

Advertisement