November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

लागूऔषध ब्राउन सुगरसहित मोरङबाट तीनजना पक्राउ

विराटनगर। मोरङमा लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।उर्लाबारी नगरपालिका-३ केर्खाली चोकबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका हुन् ।

सोमबार राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागूऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारेसँगै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बेचबिखानमा संलग्न धिमाल, २२ बर्षीय आलोक पक्राउ पर्नेमा धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका-१ का २८ बर्षीय उपेन्द्र खड्का रहेका छन् ।

Advertisement

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।