काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौैंको कपन बस्ने हरीकला दाहाल रहेकी छिन् ।
उनले दिपक दाहालसमेत ५ जनालाई वैदेशिक रोजगारीको लागि इजरायल पठाईदिन्छु, ईजरायल पुगेपछि कन्ट्रक्सनमा काम लगाईदिन्छु भनेर पिडितहरुबाट पटकपटक गरी जम्मा ४८ लाख रकम ठगी गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन् ।
प्रहरीका अनुसार पीडितहरुबाट रकम लिएर उनीसम्पर्क विहीन भएकी थिइन् । उनलाई मंगलबार दिउँसो काठमाडौंको चावहिलबाट पक्राउ गरिएको र अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जानकारी दिएको छ ।