September 4, 2026, Friday
२०८३ भाद्र १९
1:37:26 pm

भोजपुरका वडाध्यक्ष धरानमा जुवा खेलमा पक्राउ

सुनसरी । जुवा खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्ष, शिक्षक सहित ११ जनालाई पक्राउ गरेको छ । धरान–१० पुतली लाइनस्थित एक बेकरी क्याफेमा उनीहरूलाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले सोमवार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा ६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।

उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

Advertisement

उनीहरूलाई मङ्गलवार नै म्याद थप गरिएको अनुसन्धान कार्य अघि बढाइएको बताइएको छ । धरानमा वडा १३ वडा १५ र वडा १६ को एक–एक घरमा दैनिक जुवाको खेल हुने गरेको जानकारहरू बताउँछन् ।

व्यवसायीक रूपमा नै जुवाको खेल सञ्चालन हुने भएकाले उक्त जुवा अड्डाहरूमा धरान बाहिरका जुवाडेको पनि जमघट हुने गरेको छ । सोमवारको घट्नाले ठुला जुवा अड्डालाई सतर्क हुने चेतावनी मिलेको जानकारहरू बताउँछन् ।