काठमाडौं । मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता शितल पाण्डे ‘भगवती’ पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरी उनको बयान भइरहेको प्रहरीले जनाएको छ ।
अधिवक्ता पाण्डले केही दिनअघि प्राइम टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत् समुदायमा दाजुबहिनीबीच विवाह हुने र जसका कारण अपराध बढ्न सक्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेको थियो । तर, बुधबार नै पक्राउ गर्नुपर्ने उनलाई अझै पक्राउ नगरिएको भन्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा प्रहरीले पक्राउ गरिसकिएको बताएको थियो ।
प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ भने कवि चन्द्रवीर तुम्बापो, बच्चु हिमांशु लगायतका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले छ । नेपाल समाजवादी तामाङ संघ केन्द्रीय समितिकी महासचिव दिलमाया तामाङ (नेरुता) भने लाइभ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी भित्र पुऱ्याएपछि कुटपिट गरिएको उनको लाइभ भिडियोमा देख्न सकिन्छ । बुट प्रहार पछि लाइभ बन्द भएको देख्न सकिन्छ ।
उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तवीतीका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन