काठमाडौं । भारतको जयपुरमा एक नेपाली महिलाको शव फेला गरेको छ । बिहीबार ३ सय फिट गहिरो खोँचमा महिलाको शव फेला परेको हो ।
लक्ष्मी नाम गरेकी ३० वर्षीय उनलाई ४ महिलाअघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ । चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् ।
स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ । स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरी स्रोतका अनुसार केही दिनअघि मृतक र स्वपनबीच विवाद भएको थियो । विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव शुटकेशमा लगाएर नहर्ग्राहमा फालिएको प्रहरी बताउँछ ।