November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सोलुखुम्बुबाट हत्यामा संलग्न दुईजना पक्राउ

२०८० कार्तिक ११

विराटनगर । सोलुखुम्बुमा हत्यामा संलग्न दुईजना पक्राउ
परेका छन्। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ स्थितका ५० बर्षीय सितल बहादुर राईको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानिय ५५ बर्षीय धरन बहादुर राई र ३५ बर्षीय समित कुलुङ रहेका छन् । शुक्रबार राती सवा १० बजे मादक पदार्थ सेवन गरेर बादबिबाद संगै भएको झै-झगडामा घाईते भएका सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा अन्य कानूनी प्रक्रिया भईरहेको र नियन्त्रणमा लिएको दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

Advertisement