November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अज्ञात समूहद्वारा गोलि हानिएका शिक्षकको मृत्यु

२०८० कार्तिक १३

काठमाडौं । अज्ञात समूहद्वारा गोलि हानिएका कलैया उपमहानगरपालिका–६ का  शिक्षकको मृत्यु भएको छ ।
सोमबार दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा गम्भीर घाइते भएका बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को निधन भएको हो ।

उनलाई गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले उनलाई मृत घोषित गरेको हो ।

प्रहरीका अनुसार उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ ।

Advertisement