November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाली सेनाप्रति द्वेष फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

२०८० कार्तिक १४

काठमाडौं । नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–५ घर भएका डिल्लीराम खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खनालले सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन र प्रदर्शन गरेको आरोप छ । खनाललाई कारवाहीको दायरामा ल्याउन जंगी अड्डाले साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

प्रहरीका अनुसार खनालविरुद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

Advertisement