November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुईजना पक्राउ

२०८० कार्तिक १६

काठमाडौं । नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा बारपाक घर भई काठमाडौंको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र नागार्जुन रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल छन्।

उनीहरूलाई सोल्टीमोडस्थित भाडामा लिएर वैदेशिक रोजगार सम्बन्धी काम गर्ने ट्राभल्सबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत आइतबार भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शंकास्पद कागजातहरूमाथि अनुसन्धान गर्न कार्यालयमा पठाएको थियो। 

Advertisement

कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली पाइएको र उक्त नक्कली कागजात बनाएको भन्दै  आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।