काठमाडौं । मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् ।
घटना बाहिर आएको १३ दिनपछि प्रहरीले शाहीलाई पक्राउ गरेको हो । शाहीसँगै अन्य एक जनाको पनि यस घटनामा संलग्न रहेको प्रहरीको अनुमान छ ।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको हत्याको गरेको अवस्थामा शव भेटिएको थियो । हत्या उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए । कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेर्दा चारैजना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुईवटा टोली लागि खटाएको थियो ।