काठमाडौं। कञ्चनपुरमा एक दम्पति एकै पासोमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिका १ बिनवारीका एक दम्पति झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार बिनबारीका २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना आफ्नै कोठाको धुरीमा कपडाको एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
शनिबा राती उक्त घटना घटेको प्रहरीले जनाएको छ। प्रहरीले भने आज बिहानमात्रै घटनाबारे जानकारी पाएको जनाएको छ ।
उनीहरुका तीन वर्षीया एक सन्तानसमेत रहेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको खास कारण शवको पोष्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ ।