काठमाडौं । ललितपुरबाट मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ परेका छन् । बुधबार साँझ एकै समयमा चार वटा मोटरसाइकल चोरेको गिरोहलाई १२ घण्टाभित्रै ललितपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौंको बौद्धका विजय श्रेष्ठ, मकवानपुरको हेटौंडाका अमित लामा, रौतहटको चन्द्रनिगाहपुरका पञ्चलाल ब्लोन र पासाङ लामा रहेका छन् ।
प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको भन्दै प्रहरीलाई खबर आएको थियो ।
प्राविधिक अनुसन्धानबाट चोरिएको एउटा मोटरसाइकल राति खुमलटारस्थित एक गल्लीभित्र रोकिराखेको अवस्थामा बरामद भएको र सोही मोटरसाइकल लिन आएका व्यक्तिलाई नियन्त्रणमा लिएपछि प्रहरीले गिरोहका अन्य सदस्य र मोटरसाइकल बरामद गरेको हो ।