विराटनगर । सुनसरीको इटहरी–२ शान्तिनगरमा एकल महिलाको बिभत्स हत्या भएको छ। ६८ वर्षीया मधेमाया पुरीको आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्यामा संलग्न राईलाई पक्राउ गरिएको छ। घर पछाडिको गोठमा गोवर फाल्दै गरेकी एकल महिलालाई राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भिर बनेकी ६८ वर्षीया पुरीको घटनास्थलमै मृत्यु भएको हो। घटनामा मृतककी बुहारी सरू पुरी घाइते छन्। सासुलाई खुकुरी हानेको प्रत्यक्ष देखेपछि उनलाई पनि प्रहार गरिएको र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ।
घटना लगत्तै प्रहरीले हत्यामा संलग्न सन्तोष राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ।