विराटनगर । सुनसरीमा छुरा प्रहारबाट एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-१२ हटिया लाईनमा छुरा प्रहारबाट स्थानीय ५० बर्षीया भुमी कुमारी चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार दिउँसो १ बजे स्थानीय २३ बर्षीय गणेश चौधरीले अचानक पछाडीबाट आई धारिलो हतियार छुराले ढाडमा प्रहार गर्दा गम्भीर घाईते भएकी चौधरीलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल बिराटनगर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे सूचना पाएसँगै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले आरोपित गणेश चौधरीलाई दिदिको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।