November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

महिलामाथि दुर्ववहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ

काठमाडौं । कैलालीमा आर्थिक लेनदेनका क्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर विष्ट रहेका छन्।

धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा दुर्ववहार गरेको आरोपमा पक्राउ परेका उनलाई थुनामा राखिएको छ । सार्वजनिक मुद्दामा प्रहरी जवान विष्टलाई थुनामा राखिएको प्रहरीले जनाएको छ ।

विष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै उनलाई आज जिल्ला प्रशासन कार्यालयमा पेस गरिने पनि बताइएको छ। उनी डोटीमा कार्यरत थिए।

Advertisement