काठमाडौं। ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी घर भएकी २४ वर्षीय अमिलाकुमारी साउद रहेकी छिन् ।
आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन् ।
काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।