काठमाडौं । स्वयम्भूमा तीन जनाको शव फेला परेको छ । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा दुई बच्चा र एक महिला मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार शव घरभित्र फेला परेको हो । महिला र एक जना अन्दाजी डेढ दुई वर्ष र एक जना अन्दाजी ७/८ वर्षको रहेको र उनीहरूमाथि धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । उनको श्रीमान भने फरार छन् ।
प्रहरीको टोली घटनास्थलमा प्रहरीको पुगेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानका लागि खटिएको छ ।
घरेलु हतियार प्रयोग भएको पाइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।