काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छन् । आफुलाई सामाजिक अभियन्ता बताउने वाइबालाई काठमाडौं प्रहरीको अनुरोधमा बाह्रबिसेबाट पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
वाइबाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।
केही दिनअघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।