November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

कोदालो प्रहार गरेर श्रीमतीको हत्या

२०८० फाल्गुन १७

भक्तपुर । सिन्धुलीमा श्रीमान्‌ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मत्यु भएको हो ।

श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरीचौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

Advertisement