काठमाडौं । प्रहरी हिरासतमा रहेकी शर्मिला वाइबालाई थप चार दिन हिरासतमा राख्ने अनुमति प्रदान गरिएको छ । आफूलाई अभियन्ता बताउने वाइबा बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन् ।
कलाकार पवन खतिवडा (म्याकुरी) ले दिएको जाहेरीको आधारमा पक्राउ परेकी वाइबामाथि जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धान जारी राखेको छ ।
खतिवडाको जाहेरीपछि भागेर सिन्धुपाल्चोक पुगेकी वाइबालाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेर हिजै अपरान्ह पक्राउ गरी काठमाडौं ल्याएका हो । वाइबाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।
केही दिनअघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ ।