November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

खैरो हेरोईसहित ट्याटुहाउसका संचालक पक्राउ

२०८० फाल्गुन २२

विराटनगर । सुनसरीबाट एकजना खैरो हेरोईनसहित पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–२ बाट २५ वर्षीय मनिष लिम्बु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ईटहरी–२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो ट्याटुहाउस संचालक स्थानीय मनिष लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बुले संचालन गरेको ट्याटुहाउसबाट प्रहरीले १.६८ ग्राम लागुऔषध खैरो हेरोईन, नगद २ हजार ३ सय रुपैयाँ र २ थान मोवायल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement