विराटनगर । ट्याक्टर चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका- ९ का ३५ बर्षीय सुनिल टुडु रहेका छन् ।
प्रहरीका अनुसार हिजो बिहान स्थानिय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले सोहि दिन दिउँसो साढे ११ बजे गौरादह नगरपालिका- ९ का ३५ बर्षीय सुनिल टुडुले भारततर्फ लादै गरेको अवस्थामा ट्याक्टर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।