विराटनगर । संखुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । प्रहीका अनुसार संखुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाँउ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राईवीच सामान्य घरायसी विषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाईते भएका थिए । घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले नजाएको छ ।