August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु भएको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी भएको हो ।

सिरोहियालाई हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

जिल्ला अदालतले भने यो गोपनीयता भङ्ग गर्ने कुरा भएकाले बोल्न नमिल्ने र प्रहरीसँग बुझ्न आग्रह गरेको छ ।

Advertisement