November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

उदयपुरमा श्रीमतीको टाउको बोकेर हिँड्दै गरेका श्रीमान पक्राउ

विराटनगर । उदयपुरमा श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान पक्राउ परेका छन्।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ पक्राउ परेका हुन्।

सामान्य विवादमा नै तामाङले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी काटी टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

Advertisement

ताप्ली गाउँपालिका-४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका-६ जलजलेस्थित वडा कार्यालय नजिकै शमशेर तामाङको घरमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका थिए। 

इप्रका जलजलेका प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलीले रगताम्य अवस्थामा फेला पारेको तामाङलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।