November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

प्राइड क्यासिनो लुटमा संलग्न आरोपमा दोर्जे शेर्पा पक्राउ

काठमाडौं। हायात रिजेन्सी होटेलमा सञ्चालित प्राइड क्यासिनो लुटपाटमा संलग्न आरोपमा थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भएर गोकर्णेश्वर बस्ने ३० वर्षीय दोर्जे शेर्पा छन् ।

उनलाई पुस १४ मा कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा क्यासिनोमा भएको लुटपाटमा शेर्पा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

Advertisement

यसअघि प्रहरीले मंसिर १२ मा सेठ्ठी भनेर चिनिने दावा शेर्पा र रने भनेर चिनिने रन्जित खड्गीलाई पक्राउ गरेको थियो । दावा र खड्गी गुण्डागर्दी पृष्ठभूमिका हुन् ।

प्रदर्शनको मौकामा लुटेराहरुले क्यासिनोबाट नगद १४ करोड लुटेको क्यासिनो सञ्चालकले दाबी गरेका छन् ।