काठमाडौं । श्रीमतीको हत्या गरेको अभियाोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापा छन् ।
थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १०ः१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।
कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।