August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ बस्ने बाराको निजगढ नगरपालिका-१३ का ४९ वर्षीय सुरेश गिरी र ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभाको चैनपुर नगरपालिका-३ का ७० वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन्।

पक्राउ परेकाहरूमध्ये सुरेशले टर्की पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ र वीरबहादुरले बेलायत पठाइदिन्छु भन्दै अर्का एक जना पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

Advertisement

रकम बुझाएर ठगिएपछि पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-१२ बाट र वीरबहादुरलाई ललितपुरको महालक्ष्मी नगरपालिका-१ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।