August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

श्रीमतीलाई रडले घोचेर घाइते बनाएपछि तीन तलाबाट हाम्फालेका बृद्धको मृत्यु

विराटनगर । झापाको बिर्तामोडमा श्रीमतीलाई फलामको रडले घोचेर घाइते बनाएपछि एक वृद्धले घरको तेस्रो तलाबाट हाम्फालेका छन् ।

प्रहरीकाअनुसार बिर्तामोड नगरपालिका–५, अन्नपूर्ण चोक निवासी ७२ वर्षीय घिरेन राजवंशीले शुक्रबार बिहान करिब ५ः३० बजे घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीमाथि फलामको रडले प्रहार गरेका थिए ।

रडले पेटमा चोट लागेर घाइते भएकी गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

Advertisement

श्रीमतीमाथि आक्रमण गरेलगत्तै घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेका थिए । हाम्फाल्ने क्रममा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते भएका उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याइएको थियो । तर उपचारकै क्रममा बिहान करिब ६ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्दै गरी थप अनुसन्धान अघि बढाएको छ ।