November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं । सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुडु कुमार यादव र २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।

Advertisement

उनीहरू सवार रहेको म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकलबाट प्रहरीले १ हजार दरका २,५०० थान, ५०० दरका १,३०० थान तथा १०० दरका ५०० थान नोट गरी जम्मा ३२ लाख रुपैयाँ बरामद गरेको हो ।

बरामद रकम, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।