November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

अध्ययन कार्यदलले बुझायो प्रतिवेदन, एसईईबारे छिट्टै निर्णय गर्ने बोर्डको तयारी

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ।

कोरोना भाइरस संक्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने बताइएको छ।

Advertisement

एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा तथा कक्षा १२ को अन्तर्राष्ट्रिय मान्यतासमेत भएकाले परीक्षा लिनुपर्ने सुझाव दिएको छ।

खासगरी सङ्क्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए। संक्रमणको अवस्थामा विदेशका बोर्डले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदनमा सिफारिस गरिएको जनाइएको छ ।