काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो ।
२ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो ।
लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ । परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ ।
अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ। मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ ।
अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ भने यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा आयोगले निकालेको छ ।