November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

ललिपुरमा ‘मेयर छात्रवृत्ति’ अन्तर्गत दुई विद्यार्थीले पढ्न पाउने

काठमाडौं । ललिपुरमा ‘मेयर छात्रवृत्ति’ अन्तर्गत दुई विद्यार्थीले पढ्न पाउने भएका छन् । ललितपुरको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट क्याम्पसमा मेयर छात्रवृत्तिअन्तर्गत दुई जना विद्यार्थीले पढ्न पाउने भएका हुन् ।

शुक्रबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन राठीले ‘मेयर छात्रवृत्ति’ सम्झौता पत्रमा हस्तक्षार गरेका छन् । मेयर छात्रवृत्तिका लागि सूचना र प्रविधि विषयमा चार वर्षे स्नातक तहमा एक जनाले र ‘प्लस टु’ मा विज्ञान र व्यवस्थापन संकायमा एक जनाले पढ्न पाउने सम्झौतामा उल्लेख छ । यो कार्यक्रम पाँच वर्षसम्म निरन्तर हुनेछ ।

क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले यही वर्षबाट मेयर छात्रवृत्ति कार्यक्रम सुरू हुने बताए । उनकाअनुसार पहिलो र दोस्रो कार्यकालमै पहिलोपटक विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको हो ।

Advertisement

महर्जनले अब शिक्षाको लागि केही गर्ने सोच भएको हुँदा कलेजसँग सहकार्य गरेर वर्षमा दुई जना विद्यार्थीलाई मेयर छात्रवृत्ति दिन लागिएको बताए । उनकाअनुसार ‘एआइटीएम’ कलेजमा छात्रवृत्तिमा पढ्नका लागि विद्यार्थी जेहेन्दार र ललितपुर महानगरपालिकाभित्र बसोबास गरेको हुनुपर्ने त ।