November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अनुसार मंगलबार बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । नतिजा प्रकाशनमा जुटिरहेको र प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन हुने जनाएको छ ।

यसवर्ष परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

Advertisement