November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

मन्त्री किरातीले राखेको दान पेटिकामा ६ लाख रकम जम्मा, दुर्गमको विद्यालयलाई सहयोग गरिने

काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले राखेको दान पेटिकामा ७ दिनमा ६ लाख ४ सय ३४ भएको छ । मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए ।

दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

‘आम जनताको लागि केही राम्रो कार्य गनेकक क्रममा बधाई दिन आउने मानुभावहरूबाट खादा र माला लिनको सट्टा दान पेटिका राख्यौ । बिदा बाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, मेरो एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत यसैमा जोडेर जम्मा रू ६ लाख ४ सय ३४ भएको जानकारी गराइन्छ ।’, मन्त्री किरातीले जानकारी दिँदै फेसबुकमा लेखेका छन् ।

Advertisement

अभियानमा सहभागीहरुलाई धन्यवाद दिँदै मन्त्री किरातीले दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको पनि जानकारी दिएका छन् ।