November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

निमावि शिक्षकको सामान्य परीक्षामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं । निमावि तह, तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार २०.७४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

आयोगले गत वैशाख ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा ६७ हजार १८० सहभागि थिए । जमध्ये १३ हजार ९३९ ले सामान्य परीक्षा उत्तीर्ण गरेका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशमा सहभागी भएका १५ हजार ५९७ मध्ये ३ हजार ८५ जना उत्तीर्ण भएका छन् भने मधेश प्रदेशमा सहभागी ६ हजार २१० जना मध्ये एक हजार एक सय, बागमती प्रदेशमा ११ हजार ६०६ सहभागी मध्ये दुई हजार ८०३, गण्डकी प्रदेशमा ११ हजार ७२८ जना मध्ये दुई हजार ८५५ जना उत्तीर्ण भएका छन् ।

Advertisement

त्यस्तै लुम्बिनी प्रदेशमा ६ हजार ६७२ सहभागी मध्ये एक हजार १८१ जना, कर्णाली प्रदेशमा सहभागी ६ हजार ५९८ मध्ये एक हजार २३१ जना र सुदूरपश्चिम प्रदेशमा सहभागी ८ हजार ७६९ मध्ये एक हजार ६८४ जना उत्तीर्ण भएका छन् ।