November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

एलएलबी पढ्न प्रवेश परीक्षा दिनुपर्ने (सुचनासहित)

काठमाडौँ – नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा एलएलबी पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ।

क्याम्पसले आज सूचना निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ।जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ।परीक्षा केन्द्र पनि तोकिसकिएको छ।

नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको छ। 

Advertisement