November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

शिक्षक सेवा आयोगको परीक्षा सर्‍यो

काठमाडौं । शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो । 

लोकसेवा आयोगको परीक्षासँग जुधेपछि परीक्षा सारिएको हो । असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ । असोज १३ गत शनिवारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पुर्व सूचना अन्सार नै रहने आयोगले जनाएको छ ।

असार १ गते बसेको आयोगको बैठकले प्रावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विषयगत परीक्षा असोज ६ गते निर्णय गरेको थियो ।

Advertisement