November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

काठमाडौंका शिक्षकहरू महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने

काठमाडौं । काठमाडौंका शिक्षकहरूले महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले बन्द हड्तालमा नजान काठमाडौँ महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेको हो ।

काठमाडौँ महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएको छ । तर, बैठकले उक्त उर्दीको अवज्ञा गर्दै आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

महानगरभित्रका ८४ जना प्रधानाध्यापककै हस्ताक्षरसहित निर्णय उनीहरूले आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने र आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने जनाएका छन् ।

Advertisement

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।