November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

शिक्षा प्रणालीको सुधार गर्न माग गर्दै नेविसंघको ज्ञापनपत्र

काठमा । समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै नेपाल विद्यार्थी संघले शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ ।

विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी  नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै बुधबार नेविसंघका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेर मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघको ज्ञापनपत्रमा त्रिविलगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न छानबिन समिति गठनको माग समेत गरिएको छ ।

Advertisement