November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

शिक्षिका प्रतिमा पोख्रेलद्वारा विभिन्न विद्यालयमा पोसाक, शैक्षिक सामग्री र छात्रवृत्ति वितरण

२०८० फाल्गुन १६

शिक्षिका प्रतिमा पोख्रेलले विभिन्न विद्यालयमा पोसाक, शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गरेकी छन् । भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नं. ५ कि प्रतिमा पोख्रेलले विगतका साल हरुमा झैँ यसवर्ष पनि उक्त सामग्रीहरू वितरण गरेकी हुन् ।

२०७३ सालदेखि शिक्षण गर्दै आएकी उनले शिक्षण पेशासँगै सामाजिक सेवामा पनि सक्रिय रहँदै आएकी छिन् । समाजसेवी पोख्रेलले अहिलेसम्म विभिन्न विद्यालयमा अनाथ वा अभिभावकवीहिन साथै निम्न वर्गका पढाइमा उत्कृष्ट हुनका साथै जेहेन्दार छात्रछात्राहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेकी छन् ।

उनले यसअघि विश्वविद्योदय प्राविका सन्तोष खड्कालाई छात्रवृत्ति, पञ्चकन्या आधारभूत विद्यालयका निर्मला विक, सिर्जना श्रेष्ठ र गणेश तामाङलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेकी थिइन् ।

Advertisement

यस्तै, उनले विश्वप्रेमी माध्यमिक विद्यालयमणिका राज मगर, संयोग राई र साङगेन राई लाई पोसाक र शैक्षिक सामग्री, सगरमाथा माध्यमिक विद्यालयमा सुजन खड्कालाई छात्रवृत्ति र मनिका राईलाई पोसाक शैक्षिक सामग्री र महेन्द्रोदय माध्यमिक विद्यालयका आकाश श्रेष्ठ, एन्सु मगर र रचना सृष्टिलाई वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर अभिभावकवीहिन विद्यार्थीहरुलाई विभिन्न मितिमा विभिन्न विद्यालयमा पुगेर विद्यालय पोसाक शैक्षिक सामग्री र छात्रवृत्ति रकम वितरण गरेकी छन् ।

समाजसेवको साथमा साहित्यमा पनि रुचि राख्ने प्रतिमा पोख्रेल एक उर्जाशील युवा हुन् । उनी शिक्षण पेसासँगै साहित्य र समाजसेवा प्रति आफ्नो रुचिको बिषय बनाएर अग्रता लिरहेकी छिन् ।

उनले आफूले अध्ययन गराउँदै आएको विद्यालय श्री पञ्चकन्या आधारभूत विद्यालयका १९ जना अभिभावकवीहिन तथा अनाथ विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गर्न थालेकी हुन् ।