November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

कक्षा १२ को प्रश्नपत्र चुहाएको आरोपमा दुईजना शिक्षक पक्राउ

काठमाडौं । कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र चुहाएको आरोपमा पोखरामा दुईजना शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा ११, फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन्।

प्रहरीका अनुसार सोमबार फूलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परीक्षा चलिरहेकै बेला उनीहरूले प्रश्नपत्रको तस्वीर खिचेर विद्यार्थीहरूलाई पठाएका थिए।

Advertisement

सूचनापछि त्यहाँ पुगेको प्रहरीले उनीहरूको साथबाट  कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।